Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मोटोपन घटाउन चाहनुहुन्छ, सुत्नुअघि गर्नुहोस् यी पाँच काम

$
0
0


मोटोपन एउटा यस्तो बिरामी हो जसले साथमा अन्य कयौं बिरामीहरु बोकेर आउँछ । यसर्थ मोटोपनलाई रोग लुकाउने पर्दा पनि भन्ने गरिन्छ । यदि यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने मान्छे बिस्तारै बिस्तारै मृत्यूको मुखतर्फ अगाडि बढ्न थाल्दछ ।

काममा व्यस्तताको कारण मानिसले नियमितरुपमा शारीरिक अभ्यास पनि गर्न भ्याउँदैन । यदि तपाई पनि मोटोपनको शिकार हुनुहुन्छ भने यी कुराहरुलाई ध्यानपूर्वक विचार गर्नुहोस् । यदि तपाई राति सुत्नुभन्दा अगाडि यी पाँच उपायहरु अपनाउनुहुन्छ भने तपाईले मोटोपनलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ ।

खुर्सानीले बोसो घटाउने काममा धेरै नै प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । यसकारण सुत्नुभन्दा अगाडिको खानासँगै खुर्सानी खानुपर्छ ।

राति सुत्नुभन्दा अगाडि ग्रीन चिया पिउनाले पनि शरीरको मेटाबोलिज्म बढ्छ । यसले रातभरी तपाईंको तौल घटाउने काम गर्छ ।

राम्रोसँग निन्द्रा नपुग्नाले पनि तौल बढ्ने समस्या हुन्छ । यसकारण सकेसम्म निन्द्रा पुग्नेगरी सुत्नुपर्छ ।

सुत्नुभन्दा अगाडि तनावमुक्त हुनुहोस् । आनन्द महसुस गर्नसक्ने वातावरण बनाउनुहोस् । राम्रा राम्रा र सकरात्मक सन्देश दिने गीत सुन्नुहोस् । नुहाउनुहोस् । यसले तपाईलाई राम्रो निद्रा पार्न सहयोग गर्छ ।

रातिको खाना सात बजेसम्म खाइसक्नुहोस् । ढिलो खाना खाने र भोजनलगत्तै सुतिहाल्ने गर्दा तपाईंको मेटाबोलिज्ममा प्रभाव पर्दछ । जसले तौल बढ्न सक्छ ।

The post मोटोपन घटाउन चाहनुहुन्छ, सुत्नुअघि गर्नुहोस् यी पाँच काम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles