Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

दसैँमा के खाने, के नखाने ? यस्तो खानपान हुन्छ उपयोगी

$
0
0

दसैँको सम्बन्ध नवदुर्गाको पूजा-आराधना, टिकाटाला र आशिर्वादग्रहणसँग मात्र छैन, खानपानसँग पनि छ । दसैँमा टाढा-टाढा रहेका आफन्तहरु पनि एक ठाउँमा भेला भएर मिठो मसिनो खाने गर्छन् । यसरी खाँदा शरीरलाई नकारात्मक प्रभाव नपरोस् भनेर ख्याल गर्नु जरुरी छ ।

यसै सन्दर्भमा केही दिनअघि नयाँ पत्रिकामा प्रकााशित दसैँ विषेश सामग्री सान्दर्भिक हुने ठानेर साभार गरी यहाँ प्रकााशित गरेका छौँ ।

dashain-lunch

रातोभन्दा सेतो मासु राम्रो
दसैँमा धेरैका घरमा रातो मासुको प्रयोग नै बढी हुन्छ । खसी, बोका, राँगा, बँदेल, भेडा, च्याङ्ग्राको मासु खाने चलन छ । दसैँमा मासु पकाउँदा तेल, भुटुन र मसलाको प्रयोग पनि बढी नै गरिन्छ । रातो मासुमा यसै पनि चिल्लो मात्रा बढी हुन्छ । यसले युरिक एसिड पनि बढाउँछ । रातो मासुको सट्टा सेतो मासुको प्रयोग गर्दा लाभदायक हुन्छ । कुखुरा, माछा, अस्ट्रिच, इमुलगायतको सेतो मासु रातो मासुभन्दा फाइदाजनक हुन्छ । रातो मासुमा अत्यधिक प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रशस्त हुन्छ । मासुमा भएको कोलेस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई धेरै हानि गर्छ । यसले मुटुरोगीलाई सबैभन्दा बढी हानि गर्छ भने मुटुरोगको खतरा पनि निम्त्याउँछ । शरीरभित्र फ्याटी एसिडसँग कोलेस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । रातो मासु भन्नाले चारखुट्टेको मासु जनाउँछ भने सेतो मासु भन्नाले पक्षीजन्य वा माछालाई जनाउँछ । रातो मासुमा स्याचुरेटेड फ्याटको मात्रा पनि बढी हुन्छ । यसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

स्याचुरेटेड फ्याट हानिकारक
दूधबाट बनेका परिकारमा पनि स्याचुरेटेड फ्याट पाइन्छ । बेक गरिएका र बढी फ्राइड परिकारमा पनि यस्तो फ्याट बढी हुन्छ । अमेरिकन हार्ट एसोसिएसनका अनुसार आफूलाई चाहिने दैनिक क्यालोरीमध्ये स्याचुरेटेड फ्याटको मात्रा ५ देखि ६ प्रतिशतभन्दा बढी हुनु हुँदैन ।

डा. मिलनप्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ, ग्रान्डी इन्टरनेसनल हस्पिटल
डा. मिलनप्रकाश श्रेष्ठ,
मुटुरोग विशेषज्ञ, ग्रान्डी इन्टरनेसनल हस्पिटल

स्वस्थ रहन स्याचुरेटेड फ्याट बढी भएका खाना नखानु नै उत्तम हुन्छ । स्याचुरेटेड फ्याटको तुलनामा मोनो अनस्याचुरेटेड फ्याट बढी राम्रो हुन्छ । ओलिभको तेल, बदामको तेल, तिलको तेललगायतमा यस्तो फ्याट बढी हुन्छ । यस्ता तेल भुटुनका रूपमा प्रयोग गर्न सके धेरै राम्रो हुन्छ । मोनो अनस्याचुरेटेड फ्याटले रगतमा नराम्रो कोलस्ट्रोल बढ्न नदिने र राम्रो कोलस्ट्रोलको मात्रा बढाउने गर्छ ।

एभोकाडो, पिनट बटर, आलसको गेडालगायतमा यस्तो फ्याट बढी पाइन्छ । नरिवलको तेलमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुने भएकाले प्रयोग नगर्नु नै उत्तम हुन्छ । पोलिअनस्याचुरेटेड फ्याट अर्को राम्रो किसिमको चिल्लो हो । यसले पनि नराम्रो कोलेस्ट्रोल घटाई राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ । सोयाबिनको तेल, मकैको तेल, सनफ्लावरको तेल आदिमा पाइने पोलिअनस्याचुरेटेड फ्याटले शरीरलाई आवश्यक पर्ने भिटामिन ‘ई’का साथै एन्टिअक्सिडेन्टको आवश्यकता पनि पूरा गर्छ । यसले शरीरमा उत्पादन नहुने ओमेगा–३ तथा ओमेगा ६ फ्याटी एसिडको आवश्यकता पनि पूर्ति गर्न मद्दत गर्छ । मुटुरोग, रक्तचाप, प्यारालाइसिसलगायत रोगबाट टाढा रहन खानामा स्याचुरेटेड फ्याटको मात्रा कम तथा मोनो र पोलिअनस्याचुरेटेड फ्याटको मात्रा बढी हुनुपर्छ ।
छालायुक्त मासु अहितकर
छालासहित जनावरको खुट्टा, पखेटा, सा“प्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगलाई निम्तो दिन्छ । खसी–बोकालगायतका जनावरको छालामा काटिएर रहेका रौँ पनि बाँकी नै हुन्छन् । त्यसैले छाला नभएको मासु खानु बढी स्वस्थकर हुन्छ । अन्डा खाने हो भने भित्री पहे“लो भाग नखानु राम्रो हुन्छ । यसमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले सेतो भाग मात्रै खानु स्वस्थकर हुन्छ ।
ड्राइफुड र कोल्डड्रिंक्स कम गर्नु राम्रो
दसैँमा चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । कोल्डड्रिंक्स, आइसक्रिम, मह, जाम, केकलगायत पनि नखाएकै बेस हुन्छ । मधुमेह, प्रेसर र मुटुरोगीका लागि यस्तो झन् हानिकारक हुन्छ । ड्राइफुडसहित प्याकेजिङ फुडले स्वास्थ्यलाई फाइदा गर्दैन । बजारमा पाइने प्याकेट गरिएका धेरैजसो खाद्यपदार्थमा कम्पोजिसन भनेर प्याकेटमै यस्ता कुरा लेखिएका हुन्छन् । थोरै ध्यान दिने हो भने कुन खाद्यपदार्थमा कस्ता किसिमका चिल्ला पदार्थ छन् भनेर बुझ्न सकिन्छ ।
मसलाको मात्रा घटाउनु बेस
दसैँका परिकारहरूमा मसलाको प्रयोग अत्यधिक हुने गर्छ । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित होइन । बजारमा पाइने रेडिमेड मसलाको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्न सक्छन् । घरमै तयार गरेको मसला खानु राम्रो हुन्छ । अझ दसैँका वेला दीर्घरोगीहरूले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी छ । दसैँमा मनलाग्दी तवरले खानपिन गर्दा मधुमेह, उच्च रक्तचाप, मुटु र एसिडका बिमारीलाई बढी समस्या पर्न सक्छ ।
फुडप्वाइजन हुने खतरा
प्रोटिनयुक्त खानेकुरा बढी खाइने भएकाले कतिपयलाई अपच हुनसक्छ । चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुराको मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्छ । यस्ता खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । बोसोयुक्त परिकारले कोलेस्ट्रोल बढाउने, अपच हुने, कब्जियत, फुडप्वाइजनजस्ता समस्या देखापर्छन् । कतिपय काँचै मासु खान्छन् । यस्तो मासुले फुडप्वाइजनको सम्भावना बढाउँछ । चिल्लो बढी भएको मासु उसिनेर पकाउन पनि सकिन्छ ।
सन्तुलित भोजन नियमित व्यायाम
दसैँ हो भन्दैमा मासु मात्रै खानु राम्रो होइन । मासु खाए पनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ । यस्ता खानाले शारीरिक सन्तुलन मिलाउँछ । शारीरिक कसरत कम गर्नेले मासु निकै कम खानुपर्छ । शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछा–मासु खाएर पनि हानि गर्दैन । उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ ।

The post दसैँमा के खाने, के नखाने ? यस्तो खानपान हुन्छ उपयोगी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles