Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पाँच मिनेटको तयारीमा पाँच दिनमै पाँच किलोसम्म तौल घटाउनुहोस् !

$
0
0


मोटोपन अहिले मानिसको आम समस्या हो । यसलाई रोगको पर्दाको रुपमा पनि लिइन्छ । तर हाम्रो जीवनशैलीकै कारण मोटोपनले हामीमाथि राज्य गरिरहेको हुन्छ । मोटोपन भनेको शरीरमा आवश्यकभन्दा अतिरिक्त बोसो जम्मा हुनु हो । यसैगरी बढी तौल हुनु भनेको शरीरमा सामान्यभन्दा बढी तौल हुनु हो ।

जुन व्यक्तिको बिएमआइ अथवा बडी मास इन्डेक्स २५ देखि २९.९ को बीचमा हुन्छ, यसलाई बढी तौल भएको भनिन्छ । यसैगरी जब बिएमआइ ३० भन्दा बढी हुन्छ, यसलाई मोटोपन भनिन्छ । मोटोपन घटाउनको लागि खानपानमा सुधार गर्नुपर्छ ।

केही प्राकृतिक वस्तुहरु हुन्छन्, जसको सेवनबाट तौल नियन्त्रण गर्न सकिन्छ । मोटोपन कम गर्नको लागि खानामा नियन्त्रण गर्नु एकदमै जरुरी हुन्छ । केही अभ्यास र योगका आसनहरुको प्रयोगबाट पनि मोटोपनलाई नियन्त्रण गर्न सकिन्छ । यसका साथै केही प्राकृतिक वस्तुहरु दैनिक अपनाउनाले मोटोपन घटाउन सकिन्छ ।

यहाँ हामी घरमै तयार बनाइने आयुर्वेदिक औषधीको कुरा गर्नेछौं जसले तपाईको तौल घटाउनुका साथै मोटोपन पनि नियन्त्रण गर्दछ । यस्तो आयुर्वेदिक औषधी केवल पाँच मिनेटमै तयार गर्न सकिन्छ । यसले केवल पाँच दिनमा पाँच किलोसम्म तौल घटाउन सक्छ ।

यस्तो घरेलु औषधी बनाउन केवल तीनवटा घरमै पाइने वस्तुहरुको उपयोग गर्नुपर्दछ ।

सामग्रीः

  • ३०० मिलिलिटर पानी
  • एउटा कागती
  • ६० ग्राम धनियाँ

विधिः

यस्तो घरेलु औषधी तयार बनाउन एकदमै सजिलो छ । माथि उल्लेख गरिएको सामग्रीहरु एकैसाथ मिक्सरमा राखेर मिक्स गर्नुहोस् ।

लगातार ५ दिनसम्म बिहान खानाभन्दा पहिला तयार भएको मिश्रण सेवन गर्नुहोस् र पाँच दिनभन्दा पछि १० दिनसम्म खान छाड्नुहोस् । पुनः १० दिनपछि यो प्रक्रियालाई फेरि दोहोर्‍याउनुहोस् ।

स्रोत : ओन्लिआयुर्वेद डट कम

The post पाँच मिनेटको तयारीमा पाँच दिनमै पाँच किलोसम्म तौल घटाउनुहोस् ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles