कुखुराको मासु खानुहुन्छ ? तपाईंले स्वाद मानी मानी खाने हरेक टुक्रा मासुले तपाईंको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाइरहेको हुन्छ । अमेरिकामा हालसालै भएको एक अध्ययनले २०३० सम्म भारतका नागरिकले हरेक वर्ष कडा एन्टिबायोटिक औषधी खुवाएर तयार बनाइएको चार हजार सात सय ४३ टन कुखुराको मासु खाइरहेका हुनेछन् ।
नेपाल कुखुराको मासुमा आत्मनिर्भर छैन र अधिकांशतः भारतीय बजारबाटै यसको आयात गरिन्छ । त्यसो त, नेपालमा पनि कुखुरालाई एन्टिबायोटिक प्रयोग गर्ने गरेको पाइन्छ ।
हामी मध्ये कमैलाई मात्र थाहा हुनसक्छ, रोगहरुबाट बचाउन कुखुरालाई एन्टिबायोटिक्स ड्रग्स दिइएको हुन्छ । ‘प्रसिडिंग्स अफ द नेशनल एकाडेमी अफ साइन्सेस’ जर्नलमा छापिएको अध्ययनमा भारतमा २०१० मा एन्टिबायोटिक ड्रग्स खुवाइएको दुई हजार ६६ टन कुखुराको मासु प्रयोग गरिएको उल्लखे छ । उक्त तथ्यांकलाई दृष्टिगत गर्दा २०३० सम्म भारत यस्तो कुखुराको मासु प्रयोग गर्ने विश्वको चौथो ठूलो देश हुने देखाइएको छ । चीन यो लिस्टमा पहिलो स्थानमा छ ।
अघिल्लो वर्ष सेन्टर फर साइन्स एण्ड इन्भारमेन्टले दिल्ली र एनसीआरको लागि ४० प्रतिशत कुखुराको मासुको नमूनामा एन्टिबायोटिक पाइएको थियो । बेच्नको लागि व्यावसायिक रुपमा उत्पादन गरिएको कुखुराको एन्टिबायोटिक औषधी दिने गरिन्छ । कुखुरालाई जनावरको लागि तयार बनाइएको एन्टिबायोटिक पनि दिइन्छ । यतिमात्र होइन, बिरामी नहोस् भनेर कुखुरालाई मानिसको लागि तयार बनाइएको औषधी पनि दिइन्छ । रोगहरुबाट बचाउन र तिव्ररुपमा बढाउन यस्तो औषधी प्रयोग गर्ने गरेको पाइएको छ ।
जब यसरी तयार बनाइएको कुखुरा खाइन्छ, एन्टिबायोटिकको केही अंश मानिसमा पनि पुग्छ । यसले बिस्तारै बिस्तारै मानिसको शरीरलाई उक्त एन्टिबायोटिकको लागि प्रतिरोधक क्षमता विकास गर्दछ । यस्तो अवस्थामा जब मानिस बिरामी हुन्छ, त्यतिबेला डाक्टरको औषधीले काम गर्दैन । एन्टिबायोटिकले काम नै गर्दैन ।
उपभोक्ता अधिकारवादीहरुले यसलाई गम्भीर समस्याको रुपमा उल्लेख गरेका छन् । विश्व स्वास्थ्य संगठनको आंकडाअनुसार २०१३ मा भारतमा ५८ हजार मानिसको मृत्यू एन्टियोबायोटिक्स रेजिस्टेन्ट भएकै कारण ज्यान गएको छ । यही अनुसार अगाडि बढे भारतमा २०५० सम्ममा २० लाख मानिसको ज्यान जाने खतरा बढेको छ ।
साउथ कोरिया र युरोपियन युनियनका सदस्य देशहरुले पनि यस्तो कुखुराको मासु प्रतिबन्ध लगाएको छ ।
हालसालै म्याक् डोनाँल्डले पनि यस्तो एन्टिबायोटिक प्रयोग गरेर उत्पादन गरिएको कुखुराको मासु प्रयोग नगर्ने घोषणा गरेको छ ।
The post कुखुराको मासु खानुअघि यो अवश्य पढ्नुहोस् appeared first on Sajha Post.