Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

औषधि अभाव छ ? तुरुन्त खबर गर्नुहोस्ः विभाग

$
0
0

फाइल तस्बिर

काठमाडौं, ४ साउन । औषधी व्यवस्था विभागले अभाव औषधिबारे ७ दिनभित्र जानकारी गराउन देशभरका चिकित्सकहरूलाई आग्रह गरेको छ । विभागले मानिस तथा पशुपंक्षीको जीवनरक्षक औषधी अभाव भएको विषयमा ७ दिनभित्र जानकारी गराउन आग्रह गरेको हो ।

सम्बन्धित चिकित्सकहरुले औषधिको अभावको बारेमा जानकारी गराए अभाव भएका औषधि उपलव्ध गराउन पहल गरिने विभागका निमित्त महानिर्देशक तान बहादुर क्षत्रीले जानकारी दिए । उनले अभाव भएको औषधीको बारेमा जानकारी पाएपछि औषधी उत्पादक कम्पनीसँग छलफल गर्ने र आवश्यक औषधीको दर्ता प्रक्रियामा पनि स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर नितिगत निर्णय गरिने बताए ।

पटक पटक औषधी अभाव भएको जानकारी आएसँगै विभागले औषधि अभावबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यसअघि औषधि अभावबारे जानकारी गराउँदा पनि गम्भीरतापूर्वक नलिइएको आरोप विभाग माथि लागेको थियो । विभागका अनुसार, अभाव औषधिबारे खुलाएर चिकित्सकहरूले विभागको इमेल वा केन्द्रीय कार्यालयमा सोझै सम्पर्क राखेर त्यसबारे जानकारी दिन सक्नेछन् ।

The post औषधि अभाव छ ? तुरुन्त खबर गर्नुहोस्ः विभाग appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles