काठमाडौं, २८ असार । बाढी र डुबानको समयमा खानेकुरा र पिउने पानीमा पनि विशेष ख्याल गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । सरुवा रोग विशेषज्ञ डा. बासुदेब पाण्डेले पिउने पानी सफा नभए अर्को महामारीको खतरा रहन सक्ने बताए ।
उनले डुबान प्रभावित क्षेत्रका नागरिकलाई पानी उमालेर वा शुद्ध बनाएर मात्रै पिउन आग्रह गरे । बाढी वा भेल आएको बेला नदीबाट निस्कने माछा खान नहुने डा. पाण्डेको भनाई छ ।
बाढी प्रभावित क्षेत्रमा सर्पले टोक्न सक्ने सम्भावना हुने भएकाले थप सचेत हुनुपर्ने उनले बताए । साथै बृद्ध बृद्धा, बालबालिका, अशक्त र गर्भवति वा सुत्केरी महिलालाई अन्यले सहयोग गर्नुपर्ने बताए ।
The post पानी उमालेर मात्रै पिउन चिकित्सकको सुझाव appeared first on Sajha Post.