Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तपाईंलाई अचम्भित बनाउन सक्छ सेक्ससँग जोडिएका अध्ययनका यी निष्कर्षहरुले

$
0
0


एजेन्सी । सेक्ससँग जोडिएका नयाँ तथा रोचक तथ्यहरुप्रति आम मानिसको विशेष रुचि हुने गरेको छ । त्यसो त, संसारभरमा सेक्ससँग जोडिएका धेरै शोधहरु भएका छन् जसले अनौठा र पत्याउनै मुस्किल पर्ने तथ्यहरु बाहिर ल्याउने गरेको छ । यहाँ केही तथ्यहरु राख्दैछौं जुन पत्याउन यहाँलाई पनि गाह्रो पर्न सक्छ-
१. अचानकको सम्भोग स्वास्थ्यका लागि लाभदायक
अमेरिकाको न्यू योर्क युनिभर्सिटी र अर्णेल युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार क्याजुअल सेक्स अर्थात् अचानक गरिने सम्भोगले मानिसभित्रको निराशा, चिन्ता र डिप्रेसनलाई कम गर्छ र उसको आत्मविश्वास बढाउँछ ।

२. पुरुषले फर्सी खानुपर्छ
शिकागोको स्मेल एण्ड टेस्ट ट्रिटमेन्ट एण्ड रिसर्च फाउण्डेसनले एक हास्यास्पद खोज गरेको थियो । उक्त खोजका अनुसार फर्सीको बासनाले पुरुषको गोप्य अंगकमा रगतको बहाव बढाइदिन्छ । त्यसैले सम्भोगको समस्यामा यौन उत्तेजना नआउने सबै पुरुषले यस्तो समस्यासँग जुध्न उनीहरुले आफ्नो दैनिक खानामा फर्सी समावेश गर्नुपर्छ ।

३. … त्यसो भए तपाईंको पार्टनरले धोका दिन सक्छ

पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा प्रकाशित एक स्टडीका अनुसार जुन पुरुषको लिंगको लम्बाई जति लामो छ, उसलाई उसको पत्नीले धोका दिने सम्भावना त्यतिनै बढी हुन्छ ।

४. घरको कामलाई बिर्सिदिनुहोस्
हालसालै सार्वजनिक भएको एक अध्ययनका अनुसार पत्नीलाई बच्चा हेर्न सघाउने पुरुषको यौन जीवन पनि रमाइलो र सुखद हुन्छ । तर, द अमेरिकन सोसिलजिकल रिभ्यूमा प्रकाशित एक अध्ययनलाई मान्ने हो भने जुन जोडी घरको काममा सहकार्य गर्छन्, उनीहरु कम सेक्स गर्छन् । यति मात्र होइन, यदि यो अध्ययनकर्ताहरुलाई मान्ने हो भने, घरमा कपडा धुने, सरसफाई गर्ने, भाडा माझ्ने लगायत काम गर्छन्, उनीहरु आफ्नी पत्नीसँग कम सेक्स गर्दछन् ।

The post तपाईंलाई अचम्भित बनाउन सक्छ सेक्ससँग जोडिएका अध्ययनका यी निष्कर्षहरुले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles