Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

थोरै-थोरै पनि नपिउनुहोस् मदिरा, एक बुँदाले पनि बर्बाद बनाउन सक्छ

$
0
0

मौसम बदलियो, सामाजिक सञ्जालमा लेखिन्छ कि अब मौसमले च्यालेन्स गर्‍यो, पिउनुपर्छ । वास्तवमा पिउनका लागि सातै बार कुनै न कुनै बहाना त निस्किहाल्छ । तर, हामीलाई थाहा हुँदैन कि मदिराको थोपा-थोपाले कसरी हाम्रो शरीरलाई नोक्सान पुर्‍याइरहेको हुन्छ ? कसरीले यसले हाम्रो आर्थिक-सामाजिक जीवन बर्बाद बनाइरहेको हुन्छ ।

हालसालै भएको भएको एक अनुसन्धानका अनुसार मदिरा पिएपछि एक मिनेटभित्र यसले हाम्रो शरीरलाई कसरी नोक्सान गर्दछ, भन्नेबारे स्पष्ट पारिएको छ । यसअघि भएको अनुसन्धानहरुमा थोरै थोरै रक्सी पिउँदा शरीरलाई हानी नोक्सानी नहुने बताइएको थियो । तर, नयाँ अनुसन्धानले अरु नै कुरा गरेको छ ।

नयाँ अनुसन्धानका अनुसार, रक्सीको प्रत्येक थोपा शरीरका लागि हानिकारक छ । पुरुषको दाँजोमा महिलालाई यसले छिटो नोक्सानी पुर्‍याउँछ । यसले बाँझोपन बढिरहेको छ । रक्सी धेरै पिउने बच्चाको पनि विभिन्न कमजोरी र विकारहरु भेटिएको अनुसन्धानले बताएको छ । कतिपय बच्चाको त अंग नै विकास हुन नसक्ने हुन्छ ।

रक्सीको अत्यधिक मात्राले पुरुषको हर्मोन टेस्टोस्टेरोनलाई प्रभावित गर्दछ । यदि कुनै पुरुषले हप्तामा तीनपटक वा त्यसभन्दा धेरै रक्सी पिउँछ भने उसलाई इरेक्टाइल डिसफङ्क्सनको समस्या देखिन्छ । यसको अर्थ रक्सी धेरै पिउने पुरुषको लिंग उत्तेजना नहुने र भए पनि शीघ्र पतन हुने समस्या देखिन्छ ।

रक्सीको अत्यधिक सेवनबाट भ्रूणलाई घातक अल्कोहल सिन्ड्रोम नामको रोग देखिन्छ, जसबाट बच्चाको समुचित विकास हुन सक्दैन । यदि तपाईं दैनिक रक्सी पिउनुहुन्छ भने यसले तपाईंको आन्तरिक अंगको सबैभन्दा बढी नोक्सान गरिरहेको हुन्छ ।

मदिरा अत्यधिक पिउनुअघि र पिएपछिको कलेजोको अवस्था ।

अत्यधिक रक्सी सेवनबाट कलेजो कामै नगर्ने गरी बिग्रिन्छ । अनुसन्धानमा संलग्न विज्ञहरुले लिभर सिरोसिसको चिन्ता जाहेर गरेका छन् । उनीहरुले रक्सीका कारण कलेजो बिग्रने मानिसको संख्या संसारभरी बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

The post थोरै-थोरै पनि नपिउनुहोस् मदिरा, एक बुँदाले पनि बर्बाद बनाउन सक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles