Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

स्थानीयको घरमा पसेर प्रहरीद्वारा महिलामाथि बलात्कार

$
0
0

दाङ, ३ फागुन । स्थानीय एक महिलामाथि बलात्कार गरेको अभियोगमा दाङमा एक प्रहरी हवल्दारविरुद्ध प्रहरीमै जाहेरी परेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारी रनियापुरमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दले बिहीबार राति एक स्थानीयको घरमा पसेर महिलामाथि जवरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको हो ।

पीडितकाअनुसार रातको १० बजे महिलाको घरमा पसेर जबरजस्ती करणी गरेको उल्लेख छ । जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले आरोपित चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

पीडित महिलाको राप्ती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post स्थानीयको घरमा पसेर प्रहरीद्वारा महिलामाथि बलात्कार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles