Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौंको बाफलमा १७ वर्षीय किशोरी बलात्कृत

$
0
0

काठमाडौं, २५ माघ । काठमाडौंको बाफलमा डेरा गरी बस्ने एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । काठमाडौं महानगरपालिका–१३ बाफलमै डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्कीबाट उनी बलात्कृत भएकी हुन् ।

सर्लाही बलरा नगरपालिका–५ घर भई बाफलमा बस्ने किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

पक्राय परेका कार्कीलाई कारबाही थालिएको प्रहरीले जनाएको छ ।

The post काठमाडौंको बाफलमा १७ वर्षीय किशोरी बलात्कृत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles