Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अन्तर्राष्ट्रियस्तरको उपचार सेवा अब नेपालमै

$
0
0

doctorकाठमाडौं, २८ भदौ । सबै प्रकारका रोगको शल्यक्रियाका लागि अब विदेश जान नपर्ने भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विद्यमान शल्यक्रिया कक्षमा अत्याधुनिक उपकरण जडान गरी अन्तर्राष्ट्रियस्तरको बनाएको छ ।

आगामी साताबाट सेवा सुचारु हुने बताइएको शल्यक्रिया कक्षलाई विशिष्ट स्तरको मोडुलर शल्यक्रिया सुइट्सको रुपमा रुपान्तरित गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।

‘लुन गङ्गा अपरेटिङ्ग सुइट्स’ नाम दिइएको उक्त कक्षमा तीनवटा शल्यक्रिया कक्ष अत्याधुनिक सुविधा सम्पन्न, व्यवस्थित र जीवाणुरहित निर्माण गरिएको र शल्यक्रिया नयाँ मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुने सिंहले जानकारी दिए ।

उनले भने, “हामीले बनाएको शल्यक्रिया कक्ष युरोपियन युनियनको मापदण्डअनुसारको छ । त्यहाँ प्रयोग गरिएको हरेक सामग्री र प्रविधि जेआइसीको मापदण्डअनुसारको प्रयोग गरेका छौँ । यसले राम्रो र स्तरीय सेवाको लागि विदेश धाउनुपर्ने अवस्थालाई अन्त्य गर्नेछ भन्ने विश्वास लिएका छौँ ।”

The post अन्तर्राष्ट्रियस्तरको उपचार सेवा अब नेपालमै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles