एजेन्सी । संसरमै पहिलो पटक फेस ट्रान्सप्लान्ट (अनुहार प्रत्यारोपण) गराएकी महिलाको मृत्यु भएको छ । फ्रान्सकी ४९ वर्षीय इसाबेल डिनायरको स्किन क्यान्सरका कारण मृत्यु भएको हो ।
सन २००५ मा कुकुरले टोकेपछि यिनको अनुहार नराम्ररी बिग्रिएको थियो । त्यसपछि उनले अनुहार प्रत्यारोपण गराएकी थिइन् । प्रत्यारोपण सफल भएपछि २७ नोभेम्बर २००५ मा उनले नयाँ अनुहार पाएकी थिइन् ।
एमिन्स हस्पिटलका डाक्टरहरुको टिमले उनको अनुहारको आंशिक ट्रान्सप्लान्ट गरेको थियो । यसक्रममा उनले नयाँ नाक, मुक र ओंठ प्राप्त गरेकी थिइन् ।
त्यसपछि उनले एउटा पुस्टक पनि लेखिन् । Isabelle’s Kiss नामक पुस्तकमा उनले सल्यक्रियापछि आफू कसरी बोल्न, खान सक्ने भएँ भन्ने उल्लेख गरेकी थिइन् । यहाँसम्म कि उनले मुस्कानसमेत फिर्ता पाइन् ।
तर, दुर्भाग्य गएको हिँउददेखि गएको हिँउद देखि उनको अनुहारमा नयाँ छाला पलाउन बन्द भयो । त्यसपछि उनी बिरामी भइन् । लामो परीक्षणपछि पत्ता लाग्यो उनलाई क्यान्सर भएको रहेछ । यही क्यान्सले अन्तत: उनको मृत्यु भएको छ ।
The post अनुहार प्रत्यारोपणले यिनको मुस्कान फर्कियो, तर … appeared first on Sajha Post.